भक्तपुर वैशाख ५, भक्तपुरमा आठ रातसम्म नौ दिन सम्म मनाइने प्रसिद्ध बिस्केट जात्रा भैरवको रथ तानेर जात्रलाई समापन गरिएको छ । गत चैत २७ गते तौमढीबाट भैरवको रथ तानेर सुरु भएको जात्रा आज साँझ गःहिटीबाट भैरवको रथ तानेर नै जात्रा सम्पन्न गर्ने परम्परा रहेको छ । जात्रा नववर्षको चारदिन अघिदेखि तान्त्रिक विधिअनुसार प्रारम्भ गरी वैशाख ५ गते रथ तानेर जात्रा सम्पन्न गर्ने गरिन्छ ।
रथलाई आज पाँचतले मन्दिर अगाडि तौमढीमा लगेर राखेर भैरव देवतालाई रथबाट झिकेर मन्दिरमा लगी विराजमान गराउँदै जात्राको समापन गर्ने प्रचलन रहिआएको छ। इसै क्रममा आज गःहिटीमा रहेको भैरवको रथ साँझ ५ः३० बजेदेखि तान्न सुरु गरिएको हाम्रा स्थानीय सहकर्मीले जनाएको छ ।