शुक्रबार, बैशाख ७, २०८१

सम्पदा दिवसको अवसरमा पदयात्रा

 काठमाडौँ वैशाख ६, विश्व सम्पदा दिवसका अवसरमा काठमाडौँ महानगरपालिका र एनएमबी बैंकले संयुक्तरुपमा आयोजना आज राजधानीमा सम्पदा पदयात्रा कार्यक्रमको आयोजना गरेका छन ।  कार्यक्रममा वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीले काठमाडौँ उपत्यकाका विश्व सम्पदा स्थल जोखिममा रहेको भन्दै नेपालको प्राकृतिक सम्पदा संरक्षण, प्रवद्र्धन र पुस्तान्तरण गर्नुपर्ने आवश्यकता औल्याउँनु भएको थियो । 

anup_20131221_-16

त्यस्तै गरि काठमाडौं महानगरपालिकाका कार्यकारी प्रमुख लक्ष्मण अर्यालले नेपालमा भएका प्राकृतिक तथा मानव सिर्जित सम्पदाको महत्व नेपालीले बुझ्न बाँकी रहेको भन्दै राष्ट्रिय पहिचानका रुपमा रहेका स्मारक क्षेत्रको व्यवस्थापनमा युवा पुस्ता क्रियाशील हुन जरुरी रहेको धारणा राख्नुभएको उक्त कार्यक्रममा बैंकका अध्यक्ष उपेन्द्र पौडेलले आम नागरिकको प्रत्यक्ष नजरमा नपरेका अमूर्त सांस्कृतिक सम्पदा संरक्षण कार्य भौतिक सांस्कृतिक सम्पदा संरक्षण कार्यको तुलनामा जटिल रहेको विचार व्यक्त गर्नु भएको थियो । पदयात्रा बबरमहलबाट सुरु भई थापाथली, त्रिपुरेश्वर, सुन्धारा, भोटाहिटी, असन, इन्द्रचोक हुँदै बसन्तपुर पुगेर सभामा परिणत भएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2014
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031