शनिबार, बैशाख ८, २०८१

गहना खोज्ने जात्रा सम्पन्न

काठमाडौं वैशाख ३, काठमाडौंको हाँडीगाउँमा गहना खोज्ने जात्रा आज सम्पन्न भएको छ । हाँडीगाउँस्थित गहना पोखरीमा टुँडाल देवीको खटलाई पोखरीभित्र तीनपटक परिक्रमा गराएपछि देवीको गहना खोज्ने गरिन्छ ।

टुँडालदेवी खटजात्राबारे प्रख्यात कथनअनुसार छोरी भाटभटेनीले आमा टुँडालदेवीलाई भेट्न जाँदा गोप्य सम्बन्ध रहेका पोडे सँग घुम्न हिँडेकी देखिछन्। यसबाट रिसाएकी भाटभटेनीले राति नै र्फर्किएको भन्ने आख्यान पाइन्छ। जुनबेला हराएको गहना नै प्रत्येक वर्षखोज्ने गरिएको भनाइ छ।बलि दिइएको राँगाको रगतले नुहाएका (पोडेद्यला)  पूजारीलाई शिरमा राखी गरिने टुँडालदेवी (त्वरः अजिमा )को गहना खोज्ने जात्रा परम्पराअनुसार चैत्रशुक्ल प्रतिपदाका दिन हुने गर्छ। टुडालदेवी मन्दिरको पूजारी अधपि पोडे (द्यलाः)जातको हुने गर्दछ् । kantipurhotline.com का फोटोग्राफर अनुप प्रधानले  खिचेका केही तस्बिर हेर्नुस् ।

e

a b d