बिहिबार, बैशाख २०, २०८१

करेन्ट लागेर बत्ती मिस्त्री तामाङको मृत्यु

imagesभक्तपुर फागुन २८, मध्यपुर थिमि नगरपालिका–१५ कौशलटारस्थित शिवराम श्रेष्ठको घरमा विहिवार सम्पन्न हुन गईरहेको विवाह महोत्सवको अवसरमा झिलिमिली माला बत्ती जडान गर्ने क्रममा करेन्ट सर्ट हुँदा बत्ती मिस्त्री प्रताप तामाङको मृत्यु भएको छ ।  बत्ती मिस्त्री तामाङको बत्ती जडान गर्ने क्रममा श्रेष्ठको छतमाथि रहेको हाइटेसन लाइनमा अचानक माला बत्ती छोएर विद्युत सर्ट हुँदा तामाङको तत्कालै मृत्यु भएको महानगरीय प्रहरी वृत्त थिमिले जनाएको छ ।