शुक्रबार, चैत्र १६, २०८०

बिस्केटको नयाँ रथ बन्दै

 भक्तपुर फागुन ३०, भक्तपुरमा नयाँ वर्षमा सुभारम्भसंगै मनाइने मौलिक बिस्केट जात्राको रथ निर्माण सुरु भएको छ । यस वर्ष चैत्र २७ गतेदेखिबाट सुरु ७ दिने जात्राकाबिस्केट जात्राका लागि भक्तपुरको तौमढीस्थित पाँचतले मन्दिर परिसरमा भैरव र भद्रकालीको रथ निर्माण कार्य सुरु भएको हो ।
554846_461728093898168_1759332972_nगुठी संस्थान कार्यालय भक्तपुरको संयोजनमा गत माघ १६ गतेदेखि सुरु भएको रथ निर्माण कार्य आजसम्ममा ५० प्रतिशत सम्पन्न भएको रथ निर्माणमा जुटेका सिकर्मी नाइके लक्ष्मीप्रसाद सिलाकारले जानकारी दिनुभयो ।

बिस्केट जात्राका लागि यसवर्ष भैरव रथको चारवटै पाङ्ग्रा नयाँ बनाइएको छ । विगत वर्ष जात्रा चलाउँदा रथको पाङ्ग्रा पुरानो भएर जीर्ण भएपछि यसवर्ष चारवटै नयाँ पाङ्ग्रा निर्माण गरिएको गुठी संस्थान कार्यालय भक्तपुरले जनाएको छ ।  त्यसैगरी, जात्राका लागि भद्रकाली देवता विराजमान गराइने भद्रकाली बेतासीसमेत नयाँ निर्माणको थालनी गरिएको छ । अर्का सिकर्मी नाइके प्रेमलाल सिल्पकारले काठ पुरानो भएर मक्किसकेकाले यस वर्ष भद्रकालीको बेतासी र भैरवको रथको चारवटा पाङ्ग्रा नयाँ निर्माण भएको बताउनुभयो ।
गुठी संस्थान कार्यालय भक्तपुरका प्रमुख लेखनाथ सापकोटाले चैत २७ गतेदेखि सुरु भई सातदिनसम्म चल्ने बिस्केट जात्राका लागि गत वर्ष नै ल्याइएको काठबाट नयाँ पाङ्ग्रा, छानो र बेतासी निर्माण गरिएको बताउनुभयो ।   जात्राका लागि आवश्यक पर्ने दुईवटा लिङ्गो भक्तपुर चित्तपोलको सल्लाघारी जङ्गलबाट ल्याएर लिङ्गो उठाउने भेलुखेलमा ल्याइसकिएको बताउँदै उहाँले जात्राको सबै तयारी आगामी चैत २५ गतेसम्म पूरा हुँने बताए ।