आइतवार, बैशाख २३, २०८१

पर्यटन प्रवद्र्धनका लागि वाकाथन

 काठमाडौँ फागुन ३, नेपाललाई एक सुरक्षित र भरपर्दो पर्यटन गन्तव्यको रुपमा प्रवद्र्धन गर्नका लागि आज बिहान नेपाल पर्यटन बोर्ड र -याडिसन होटलले ‘Nepal-Tourism-Board-Logoपर्यटन भिजन २०२०’ को नारालाई सार्थक बनाउन संयुक्तरुपमा वाकाथन कार्यक्रमको आयोजना गरेका छन ।  -याडिसन होटलबाट सुरु भई सहरका विभिन्न पर्यटकीयस्थलको परिक्रमा गरी पुनः सोही होटलमा समापन भएको सो पदयात्रामा प्रसिद्ध धावक बैकुण्ठ मानन्धरका साथै होटल व्यवसायीहरुको सहभागिता रहेको थियो ।   कार्यक्रमको शुभारम्भ गर्दै पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत सुवास निरौला र होटलका व्यवस्थापन निर्देशक बिके श्रेष्ठले संयुक्तरुपमा गर्नुभएको थियो ।