बुधबार, बैशाख १९, २०८१

भक्तपुरको चाँगुबाट ल्याइएको चाँगुनारायण, लक्ष्मी र सरस्वती कलश

 काठमाडौं माघ २  बिहीबार राजधानीमा चाँगुनारायणको जात्रा  सम्पन्न भएको छ ।  चाँगुनारायण, लक्ष्मी र सरस्वती प्रतीकको स्वरूप तीनवटा कलशलाई भक्तपुरको चाँगुबाट Pravin_1तीनजनाले बोकेर   जमल पाटी पुर्‍याएका थिए । त्यहाँ सरकारी तर्फबाट पूजा सकिएपछि राजखड्ग, शार्दूलजंग पल्टनका साथ कमलादी, असन, इन्द्रचोक र मखन हुँदै ती कलशलाई हनुमानढोका पुर्‍याइएको थियो ।  पूजाका क्रममा हनुमानढोकाको मूलचोकमा होम गरिएको थियो । त्यसरी होम गरिएको आगोको ज्वाला चाँगुडाँडाबाट देखिनुपर्छ भन्ने जनश्रुति छ ।
त्यसपछि राष्ट्रपतिलाई प्रसाद दिन र दर्शन गराउन तीनवटै कलशलाई शीतल निवास पुर्‍याइएको थियो । राष्ट्रपति रामवरण यादवले चाँगुनारायण, सरस्वती र लक्ष्मीको दर्शन गरी प्रसाद ग्रहण गरेका थिए ।  चाँगुनारायण देश छोडी नजाऊन् भनेर माटोको भाँडा फुटाई अपशकुन देखाउने परम्परा रहेको जानकारको भनाइ छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2013
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031