बिहिबार, बैशाख २०, २०८१

आज कांग्रेस केन्द्रीय कार्यसम्पादन र संसदीय दलको बैठक बस्दै

 काठमाडौ चैत ५,
नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति र संसदीय दल कार्यसमितिको बैठक आज बस्दैछ। प्रधानमन्त्री प्रचण्डलाई दिने विश्वासको मत र सरकार विस्तारबारे छलफल गर्न कांग्रेसले दुई समितिको बैठक बोलाएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभएकोछ ।

पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव पौडेलका अनुसार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बिहान साढे १० स् ३० बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनको शंकर हलमा बस्ने र बैठकमा समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल हुने जानकारी दिनुभयो ।

त्यसलगत्तै मध्याह्न १२ बजे संसदीय दल कार्यसमितिको बैठक पनि बस्दैछ। संसद भवनको ल्होत्से हलमा बैठक बस्ने उहाँले बताउनुभयो ।