शुक्रबार, बैशाख १४, २०८१

विराटनगरमा आज बिहानदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा आदेश जारी

काठमाडौ चैत ५,
जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरमा आज बिहानदेखि केही स्थानमा लगाएको निषेधाज्ञा जारी गरेको छ ।

जारी निषेधाज्ञा प्रदेशसभा पूर्वमा देवकोटा चोकदेखि पश्चिम कोशी अस्पतालसम्म, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रोडशेष चोकदेखि दक्षिण जतुवा चोकसम्म, मुख्यमन्त्री निवास वरिपरि ३०० मिटरसम्म र जिल्ला प्रशासन कार्यालय मोरङको डाँफे चोकदेखि पूर्वको क्षेत्रसम्म कायम रहने जिल्ला प्रशासन कार्यालयले जनाएके छ ।
प्रदेश न १लाइ कोशी प्रदेश नामकरणपछि असन्तुष्ट जनाउँदै आएको जातीय र सांस्कृतिक पहिचान पक्षधरहरुले आइतबार वृहत प्रदर्शन गर्ने तयारी गरेसंगै
यसवीचमा हुने सकने सम्भावित क्षतिलाइ दृष्टिगतगर्दै प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।

जारी निषेधाज्ञाको सूचनामा बिहान ६ बजेदेखि अर्को आदेश नभएसम्म निषेधित स्थानमा सर्वसाधारण तथा सवारी साधन आवतजावत बाहेक कुनै पनि किसिमको सभा, जुलुस, भेला, र्‍याली, धर्नाजस्ता कार्य गर्न नपाइने उल्लेख गरेका छन् ।