शुक्रबार, बैशाख ७, २०८१

आजबस्ने प्रतिनिधिसभाको बैठकमा सत्य निरुपण तथा मेलमिलापसम्बन्धी विधेयक पेस हुने

काठमाडौ चैत ५,
राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सकिएसंगै आज प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीको समेत जिम्मेवारीमा रहेका प्रधानमन्त्री प्रचण्डले “बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग [तेस्रो संशोधन] विधेयक, २०७९” पेस गर्नुहुने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

त्यस्तै बैठकमा प्रधानमन्त्री प्रचण्डले संवैधानिक परिषद् ९काम, कर्तव्य, अधिकार र कार्यविधि०सम्बन्धी ९पहिलो संशोधन० विधेयक, २०७९” समेत पेस गर्नुहुनेछ । संसद सचिवालयका हनुसार आजको बैठकमा सांसदहरू ज्ञानबहादुर शाही र प्रेम सुवालले “बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग [तेस्रो संशोधन]विधेयक, २०७९” लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि राख्नुभएको विरोधको सूचनाहरूलाई निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसूची समेत रहेकोछ ।

साथै बैठकमा प्रेम सुवालले “संवैधानिक परिषद् [काम, कर्तव्य, अधिकार र कार्यविधि]सम्बन्धी[पहिलो संशोधन] विधेयक, २०७९” लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि राख्नुभएको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने छ । त्यस्तै बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको व्यहोरा जानकारी गराउनुको साथै  सभामुखले बैठकमा नेपालको संविधानको धारा ६२ को उपधारा [६] बमोजिम प्रतिनिधिसभा सदस्यको स्थान एक रिक्त रहेको व्यहोरा प्रतिनिधिसभा नियमावली, २०७५ को नियम २१२ को [१]बमोजिम जानकारी गराउनु हुने सम्भावित कार्यसूचिमा रहेको छ ।

त्यस्ते बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर केसीले ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९ माथि विचार गरियोस्’ भनी प्रस्ताव र राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त ‘अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७८ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिनेसमेत बैठकको कार्यसूची रहेको सचिवालयले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2023
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728