बिहिबार, बैशाख २०, २०८१

क्रिकेट खेलाडीलाई जनही ३ लाख दिने प्रधानमन्त्री प्रचण्डको घोषणा

काठमाडौं चैत ३,
विश्वकप क्रिकेट छनोटमा पुग्न सफल नेपाली खेलाडीलाई सरकारले जनही ३ लाख रुपैयाँ दिने घोषणा गरेको छ। प्रधानमन्त्री प्रचण्डले विजयी नेपाली क्रिकेट टोलीलाई आज बिहान सरकारी निवास बालुवाटार बोलाएर सम्मान रकम घोषणा गर्नुभएको हो । क्रिकेटका माध्यमबाट इतिहास बनाउन सफल भएकामा प्रोत्साहनस्वरुप सो रकम पुरस्कार दिन लागेको हो ।

प्रधानमन्त्रीको निम्तोमा विश्वकप छनोटमा पुगेका नेपाली टिमका सदस्य, प्रशिक्षक र अफिसियलहरू आज बिहान प्रधानमन्त्री निवास पुगेका थिए।  त्यस अवसरमा प्रम प्रचण्डले टोलीका प्रत्येक खेलाडीलाई सम्मानस्वरूप ३र३ लाख रुपैयाँ दिने घोषणा संगै निर्माणाधीन रंगशाला पनि पूरा गर्ने प्रधानमन्त्री प्रचण्डले जानकारी दिनुभयो । ‘त्रिवि क्रिकेट मैदानमा तत्कालका लागि फ्लटलाइट र स्कोरबोर्ड व्यवस्था गरिने समेत बताउनुभयो ।