मङ्लबार, चैत्र १४, २०७९

पत्रकार जगतले सही सूचना प्रवाह गर्नुपर्नेमा राष्ट्रपति पौडेलको जोड

पत्रकार महासंघद्वारा राष्ट्रपति पौडेललाई बधाई ज्ञापन

काठमाडौं चैत ३,
नेपाल पत्रकार महासंघले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई ज्ञापन गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा पुगेर महासंघ अध्यक्ष विपुल पोखरेल नेतृत्वको प्रतिनिधिमण्डलले राष्ट्रपतिलाई सफल कार्यकालको शुभकामनासहित बधाई दिएको हो ।

त्यस अवसरमा महासंघको प्रतिनिधिमण्डलले राष्ट्रपतिलाई पत्रकारको अवस्था र नेपाली पत्रकार जगतले भोग्दै आएका समस्याबारे जानकारी गराएको थियो । साथै महासंघका अध्यक्ष पोख्रेलले चैत १७ गते लुम्बिनीमा हुने ‘मिडिया सम्मेलन’मा राष्ट्रपति पौडेललाई प्रमुख अतिथिका रूपमा आमन्त्रण समेत गर्नुभएको छ ।

त्यस अवसरमा राष्ट्रपति पौडेलले सही र सत्यतथ्य सूचना प्रवाहमा छाता संगठनका रूपमा महासंघले निर्वाह गरेको भूमिकाको सराहना गर्दै समाजमा भएका विकृति, विसंगतिप्रति पत्रकार जगत सचेत भएर कलम चलाइरहनुपर्नेमा उनको जोड दिनुभयो ।

साथै उहाँले गतल सूचना प्रवाह हुँदा समस्या पैदा हुन सक्छ, त्यसप्रति पत्रकारजगत सचेत रहेर सही सूचना दिनुपने समेत बताउनुभयो ।  प्रतिनिधिमण्डलमा महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, महासचिव रोशन पुरीलगायत पदाधिकारीहरुको सहभागीता रहेको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2023
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728