बुधबार, बैशाख १९, २०८१

भृकुटीमण्डप फन पार्क प्रकरण :सांसद टेकबहादुर गुरुङ सहित ९ जना दोषी ठहर

काठमाडौं फागुन १७,
विशेष अदालतले समाज कल्याण परिषद्को भृकुटीमण्डपमा रहेको जग्गा भाडा प्रकरणमा सांसद टेकबहादुर गुरुङ र पूर्वमन्त्री बद्रीप्रसाद न्यौपानेलाइ दोषी ठहर गरेको छ । विशेष  अदालतमा  दायर मुद्धाको किनारा लागि नसकेका कारण    निलम्बनमा रहेका नेपाली कांग्रेसको तर्फबाट मनाङबाट निर्वाचित सांसद गुरुङले सहित सहित नौं जनालाई दोषी ठहर गरेको हो ।

भृकुटीमण्डप फन पार्क सस्तो भाडामा विना प्रतिस्पर्धा १५ वर्षका लागि सञ्चालन गर्न दिएर भ्रष्टाचार गरेको अभियोगमा अदालतले उनीसहित नौ जनालाई दोषी ठहर गरेको हो ।

अदालतका प्रवक्ता दीपेन्द्रनाथ योगीले २०७५ साल माघ २१ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १४ जनाविरुद्ध मुद्दा दायर गरेकामा ५ जनालाई सफाई, ९ जनालाई दोषी ठहर गरेको जानकारी दिदै दोषी ठहर गरिएकाहरुलाई आगामी फागुन २५ गते सजाय तोकिने जानकारीदिनुभएकोछ ।

दोषी ठहर भएका अन्यमा बद्रीप्रसाद न्यौपाने [तत्कालीन महिला बालबालिका तथा समाज कल्याणमन्त्री तथा समाज कल्याण परिषद् अध्यक्ष], प्रमोद मेहता[समाज कल्याण परिषद्‌का तत्कालीन उपाध्यक्ष], कुञ्जबिहारीप्रसाद चौधरी [तत्कालीन कोषाध्यक्ष], रवीन्द्रकुमार यादव [तत्कालीन सदस्य सचिव], मोहनराज शर्मा [तत्कालीन सदस्य], मदनकुमार लाल कर्ण [तत्कालीन सदस्य], टेकबहादुर गुरुङ [मेला सञ्चालक, भृकुटी मण्डप फनपार्क] र रवीन्द्र गुरुङ [फनपार्क प्रमुख सञ्चालक] रहेको समेत उहाँले जानकारी दिनुभयो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2023
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728