शनिबार, बैशाख ८, २०८१

एक करोड १० लाख बराबरको सुनका गरगहना सहित भारतीय नागरिकत्रय पक्राउ

काठमाडौं फागुन १७,
जिल्ला प्रहरी कार्यालय चितवनले भन्सार छलेर ल्याएको रु एक करोड १० लाख बराबरको सुन र हीराको गहनासहित तीन भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

भारतबाट भारतीय नम्बर प्लेटको गाडीमा लुकाइछिपाइ काठमाडौं ल्याउँदै गरेको ६३ दशमलव ८९८ तोला र हीरा जडित गरगहना २२ दशमलव ८७८ तोला गहनासहित  भारतको उत्तर प्रदेश राज्य बलिया जिल्ला फेफना थानका ४२ वर्षीय विनोद प्रसाद, पश्चिम बङ्गाल राज्य हौडा जिल्ला गोलावाडी पुलिस थाना सल्किया स्कुलरोल कलकत्ताका ५१ वर्षीय गणपतकुमार तोसावर र ४२ वर्षीय नरेश बर्मा रहेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले आज पत्रकार सम्मेलन गरी पक्राउ परेका तीन जना र बरामद गरेको गहना सार्वजनिक गरेको हो ।  पत्रकार सम्मेलनमा कार्यालयका प्रमुख रामेश्वर कार्कीले भन्सार छली ल्याएको गरगहना काठमाडौं लैजाँदै गरेको सूचनाका आधारमा पक्राउ र बरामद गरिएको जनाउँदै बरामद गरगहना सहित पक्राय परेका अभियुक्तत्रयलाइ राजस्व अनुसन्धान विभाग पठाइने जानकारी दिएका छन ।