काठमाडौं माघ १०,
संसद भवन बानेश्वर अगाडि मंगलबार दिउँसो एक व्यक्तिले सडककै बीचमा आफैंलाई पेट्रोल खन्याएर आगो लगाएर आत्मदाहको प्रयास गरेका छन । तर उनको प्रयासलाइ असफल बनाउँदै प्रहरीले उद्धार गरेर अस्पताल लगेका छन ।
यसरी आत्मादाहको प्रयास गर्ने उपनाम सन्तोष रहेका प्रेम प्रसाद आचार्य रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आचार्यले आत्मादाह अघि आफ्नो सामाजीक सञ्जालमा आत्मबृतान्त र मेरो असफलताको कथा भन्दै लामो स्ट्याटस लेख्दै आत्मादाहको गर्नु पर्नाको कारण खुलाएको जनाएकोछ।
त्यस्तै प्रदेश १ सुर्योदय ११, केराबारी, इलामका घर भइ हाल काठमाडौ बस्दै आएका आचार्यले आफ्नो स्ट्याटसमा राज्य सरकारसंग २५ बुँदे माग सम्बोधनको अपिलसंगै आफ्नाी श्रीमती र २ छोरीलाइ सहयोग गर्दिनुहोला भन्ने आग्रह समेत गरेका छन ।
यस्तो छ आचार्यको सामाजीक सञ्जालमा राज्य सरकारसंग गरेका २५ बुँदे माग सहितको स्ट्याटस