शुक्रबार, चैत्र १६, २०८०

एयरपोर्टका नवौं तहका कर्मचारी चुडाल भ्रष्टाचारको अभियोगमा पक्राउ

काठमाडौं माघ १०,
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल नागरिक उड्‍डयन कार्यालय, आन्तरिक टर्मिनल ब्यवस्थापन शाखा गौचर काठमाडौंका ब्यवस्थापन शाखा प्रमुख पूर्ण प्रसाद चुडाललाइ भ्रष्टाचारको अभियोगमा रङ्गेहात पक्राउ गरेका छन् ।

आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीका अनुसार शाखा प्रबन्धक चुडालले एयरपोर्ट आन्तरिक टर्मिनल सम्म आवातजावत गर्न पास उपलब्ध गराई सहजीकरण गरिदिएको भनी सेवाग्राहीसँग एक लाख पचास हजार रुपैयाँ घुस लिइसके पश्चात कार्यकक्षबाट सोमवार नियन्त्रणमा लिएको जनाएको छ ।

त्यस्तै आयोगटोलीले चुडालको कार्यकक्षको खानतलासी गर्दा निजको कार्यकक्ष भित्र रहेको स्टिलको दराजबाट स्रोत नखुलेको नगद आठ लाख रुपैयाँ समेत बरामद भएको जनाउँदै निज उपर थप अनुसन्धान भइरहेको जनाएके छ ।