बिहिबार, बैशाख २०, २०८१

प्रतिनिधिसभाका सभामुख पदका लागि आज निर्वाचन हुँदै

काठमाडौं माघ ५ ,
प्रतिनिधिसभाका सभामुख पदका लागि आज निर्वाचन हुँदैछ । संघीय संसद् भवनमा बिहान ११ बजेदेखि मतदान हुने संघीय संसद् सचिवालयले जनाएको छ ।  सभामुखका लागि गठबन्धनबाट एमालेका देवराज घिमिरे र कांग्रेसका ईश्वरी न्यौपाने प्रतिस्पर्धामा  रहेका छन् ।

आजको बैठकमा सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्ताव र समर्थकले समर्थन गर्ने कार्यतालिका रहेको छ । त्यसलगत्तै उम्मेदवारीको सूचनामाथिको सामूहिकरूपमा छलफल हुने र दर्ता क्रमानुसार निर्णयार्थ प्रस्तुत गरिने भएकोछ ।