शनिबार, बैशाख ८, २०८१

शङ्कास्पद ७३१ थान राहदानी सहित तीन जना पक्राउ

काठमाडौं माघ ५ ,
काठमाडौं महानगरपालिका २६ गोगंबु वीरेन्द्र ऐश्वर्य मार्गस्थित होटल सोना र होटल पल्लीकोटबाट ७३१ थान राहदानी सहित कञ्चनपुर बेतकोट नगरपालिका- ३ घर भई टोखा नगरपालिका  म्याग्दी चोक बस्ने ४८ वर्षीय लोक जंग खड्का समेत ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

 त्यस्तै प्रहरीले उक्त होटलहरूमा शंकास्पद व्यक्तिहरु रहेको भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले टोलीले होटेल सोनाबाट शंकास्पद रुपमा रहेका ७१७ थान र होटल पल्लीकोटबाट १४ थान गरी जम्मा ७३१ थान राहदानी सहित उनीहरूलाई नियन्त्रणमा लिएको जनाउँदै यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ