शुक्रबार, चैत्र १६, २०८०

मन्त्रिपरिषद् बैठक: सरकारको प्रवक्ताको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधिमन्त्री शर्मालाई

काठमाडौं माघ ४,
नेकपा माओवादीका अध्यक्ष प्रचण्ड नेतृत्वको गठबन्धन सरकारको मङ्गलबार २३ सदस्यीय मन्त्रिपरिषद् विस्तार पछि आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सरकारको प्रवक्ताको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई दिइएको छ ।

त्यस्तै बैठकले राज्यको तर्फबाट वितरण गरिने विभूषण तथा पदक वितरणको मापदण्ड बनाउन अध्ययन समिति गठनसंगै विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्राध्यापक डा. देवराज अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

त्यस्तै बैठकबाट भएके निर्णको जानकारीदिदै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयका सचिव केशव शर्मालाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपाल सिग्देललाई ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयमा सरुवा गर्ने निर्णय, सरकारको न्यूनतम कार्यक्रम र नीतिगत प्राथमिकतालाई कार्यान्वयनका निम्ति हरेक मन्त्रालयसँग सम्बन्धित विषयमा आवश्यक कार्ययोजना निर्माण गर्न निर्देशनसंगै उखुको प्रतिक्विन्टल मूल्य ५४० तोक्ने लगायतका निणर््य गरेको जानकारी दिनुभयो ।