मङ्लबार, बैशाख १८, २०८१

यति एयरलाइन्सको विमान पोखरामा दुर्घटना ,चालकदलका ४ सदस्य र ६८ यात्रुको अवस्था अज्ञात

 काठमाडौं माघ १,
काठमाडौंबाट पोखरा उडेको यति एयरलाइन्सको विमान पोखरामा दुर्घटना भएको छ । काठमाडौंबाट पोखराका लागि उडेको एएनसी एटीआर ७२ जहाज पोखरामा अवतरणको क्रममा दुर्घट्ना भएको जानकारी प्राप्त भएको छ।

काठमाडौंबाट चालकदलका ४ सदस्य र ६८ यात्रु मध्ये १० विदेश र ५८ नेपाली यात्रु रहेको लिएर उडेको जहाज सेती खोंचमा दुर्घट्ना भएको र आगो लागेको बताइएको । विमानस्थल सम्वद्ध स्रोतका अनुसार उद्धारका लागि सबै निकायको पहल संगै केही शवलाई बाहिर निकालिएको बुझिएको छ । भिडियो सभार  : अरुण तामुको फेसबुकबाट