बिहिबार, बैशाख २०, २०८१

दोलखाको १० मतदान केन्द्रमा आज भएको पुनः मतदानको मतगणनाको तयारी हुँदै

काठमाडौं मंसिर १५,

दोलखाको १० मतदान केन्द्रमा आज भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि पुनः मतदानको क्रममा आठ हजार पाँच सय १४ मतदाता रहेको यस केन्द्रमा ५० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

त्यस्तै आज भएको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको जानकारीदिदै मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले मतगणना सुरु गर्नका लागि सर्वदलीय बैठक जारी रहेको बैठक लगत्तै जानकारी दिनुभएको छ।