शुक्रबार, बैशाख ७, २०८१

समानुपातिकतर्फ २७ लाख ३३ हजार  मत सहित  एमाले पहिलो स्थानमा

काठमाडौं मंसिर १५ ,
निर्वाचन आयोगले गत मंसिर ४ गते सम्पन्न निर्वाचन अन्र्तगत समानुपातिकतर्फ एक करोड दुई लाख ६४ हजार ५३ मतगणना सकिएको जानकारीदिएको छ। त्यस्तै आयोगले सार्वजनिक मतपरिणाम अनुसार नेकपा एमालेले २७ लाख ३३ हजार ४०८ मत प्राप्त गरेको जनाएकोछ भने नेपाली कांग्रेसले २६ लाख पाँच हजार ९७६ मत सहित दोस्रो स्थानमा रहेको जनाएको छ।

त्यस्तै नेकपा माओवादी केन्द्रले ११ लाख ५५ हजार ७२१ मतसहित तेस्रो स्थान प्राप्त गर्दैगर्दा राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख आठ हजार ३९९ मत पाएको आयोगले जनाएको छ। त्यस्ते राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ८१ हजार ५५२ मत ल्याउँदा जनता समाजवादी पार्टीले चार लाख १७ हजार २६७ मत प्राप्त गरेको जानकारीदिएको छ।

जनमत पार्टीले तीन लाख ८८ हजार ६६५ मत पाएको छ। नेकपा एकीकृत समाजवादीले दुई लाख ९३ हजार ८७ मत पाएको छ। नागरिक उन्मुक्ति पार्टीले दुई लाख ६८ हजार ९४३, लोकतान्त्रिक समाजवादी पार्टीले एक लाख ६६ हजार ४६९, नेपाल मजदुर किसान पार्टीले ७४ हजार ९३६ मत पाएका छन्।

प्रतिनिधि सभामा राष्ट्रिय दल बन्नका लागि प्रत्यक्षतर्फ कम्तीमा एक सिट जित्नुपर्छ भने समानुपातिकमा तीन प्रतिशत मत प्राप्त गर्नुपर्छ। कुल खसेको सदर मतको तीन प्रतिशत थ्रेस होल्ड कटाएपछि राष्ट्रिय दलको मान्यता तथा सेवा सुविधा प्राप्त हुनेआयोगले जनाएको छ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2022
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930