बिहिबार, बैशाख १३, २०८१

स्याङ्जा क्षेत्र २ मा कांग्रेसका उम्मेदवार गुरुङको अग्रतालाइ पछ्याउँदै अर्याल

काठमाडौं मंसिर १५ ,
स्याङ्जा क्षेत्र २ मा जारी मतगणनाको प्राप्त पछिल्लो मत परिणाम अनुसार नेपाली कांग्रेसका धनराज गुरुङले अग्रता लिनुभएको छ । गुरुङले ७ हजार ४७८ मत पाउँदैगर्दा एमालेकी पद्माकुमारी अर्यालले ५ हजार ४६९ मत प्राप्त गरेको छ ।

गुरुङ र अर्यालवीचको मतान्तर दुई हजार ९ मत रहेको जनाउँदै त्यहाँस्थित हाम्रा सहकर्मीले जनाएको छ ।

हाम्रा सहकर्मीका अनुसार गल्याङ नगरपालिकाको वडा ६ र ७, भीरकोट नगरपालिकाको वडा ५, ६, ७, ८ र ९ तथा वालिङ नगरपालिकाको वडा १, २, ५, ६ र ७ को मत गणनाको क्रममा काँग्रेसका उपसभापति समेत रहेका गुरुङले रफ्तारमा अग्रता लिने क्रम शुरु भएको जनाएको छ।