मङ्लबार, बैशाख २५, २०८१

पेस्तोल सहित महानगर १८ मा सुनका विभिन्न गरगहना चोरी गर्ने गिरोह पक्राउ

काठमाडौं मंसिर ८
काठमाडौं महानगरपालिका १८ नरदेवीस्थित सुनको गहना बनाउने कारखानाबाट विभिन्न सुनका गरगहना चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा धादिङ खनियाबास गाउँपालिका९४ घर भई हाल काठमाडौं नागार्जुन नगरपालिका९२ गैरीगाउँ बस्ने ३८ वर्षीय मनिला तामाङ समेत ६ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

भारत घर भएका ३२ वर्षीय सेख मुस्तफा अली र ४५ वर्षीय गौतम माझीले संचालन गरेको उक्त कारखानाबाट गत कात्तिक २९ गते राति विभिन्न सुनका गरगहना चोरी भएको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

त्यस्तै प्रहरीले मनिला तामाङको डेरा कोठा तलासी गर्दा घटनामा प्रयोग भएको प्रदेश ३-०२-००१प ६२१७ नम्बरको मोटरसाइकल, घटनामा प्रयोग भएको पेस्तोल १ थान, सोही पेस्तोलमा लाग्ने गोली ४ राउण्ड सहितको म्याग्जिन, जर्सी र ज्याकेट सहितकोप्रहरी पोशाक १ जोर, नियन्त्रित लागूऔषध फेनारगन १ सय ९७ एम्पुल, डाईजेपाम १ सय ९७ एम्पुल र नुफिन १ सय ९७ एम्पुल समेत फेला पारी समेत बरामद गरेको जनाउँदै यस सम्बन्धमा थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2022
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031