बिहिबार, बैशाख २०, २०८१

राष्ट्रियसभा बैठक: विषयगत समिति सभापतिको निर्वाचन आगामी भाद्र २३ मा

काठमाडौं भाद्र १७,
राष्ट्रियसभाको आज बसेको दोस्रो बैठकले विषयगत समितिको रिक्त सभापतिको निर्वाचन आगामी भाद्र २३ गते हुने गरि मिति तोकिएको छ। राष्ट्रियसभा नियमावली, २०७५ को नियम १५० बमोजिम विषयगत समितिको सभापतिको निर्वाचनको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मिति तोक्नुभएको हो।

साथै उहाँले समिति सभापतिको निर्वाचनसम्बन्धी कार्यक्रमको सूचना प्रकाशन गर्न निर्देशन दिनुभएको हो । त्यसअघि अध्यक्ष तिमिल्सिनाले समिति हेरफेरसम्बन्धी प्रस्ताव अनुरुप सांसद अनिता देवकोटालाई राष्ट्रिय सरोकार समितिबाट विधायन व्यवस्थापन समितिमा तथा सांसद प्रकाश पन्थलाई विधायन व्यवस्थापन समितिबाट दीगो विकास तथा सुशासन समितिमा राखिएको जानकारी गराउनुभएको थियो। राष्ट्रियसभाको अर्को बैठक भाद्र २१ गते मङ्गलबार अपराह्न १२ः५९ बजे बस्नेछ।

 

 

 

 

 

 

 

 

 

नेपाल नागरिकता ९पहिलो संशोधन० विधेयक, २०७९ पुनः बहुमतले पारित भएको छ।

गृहमन्त्री बालकृष्ण खाणले आजको बैठकमा प्रस्तुत गर्नुभएको
उक्त विधेयकमाथिको छलफलका क्रममा उठेका जिज्ञासाको जवाफ दिनेक्रममा उहाँले २०६३ को अन्तरिम संविधानमै सबै दलको सहमतिमा भएको व्यवस्थाअनुसार २०७२ सालको संविधानमा नागरिकतासम्बन्धी प्रावधान राखिएको जनाउ सहित प्रस्तुत विधेयकले नेपालको राष्ट्रियतालाई बलियो पार्न सरकारले प्रस्तुत विधेयक अगाडि बढाएको बताउनुभयो ।

साथै उहाँले नागरिकता प्रमाणपत्र पाउनबाट वञ्चित भएका नागरिकलाई नागरिकता दिने पहल अनुरुप सरकारले प्रस्तुत गरेको विधेयकले नेपाली नागरिकलाइ नेपाली नागरिक भएर बाँच्न पाउने अधिकार प्रदान गर्ने बताउनुभयो ।

स्मरण रहोस
नेपाल नागरिकता विधेयक, २०७९ प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित गरी प्रमाणीकरणका लागि गत साउन १६ गते राष्ट्रपतिसमक्ष पठाइएको थियो। राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरणका लागि पेश भएके उक्त विधेयक संसदबाट पुनःविचार हुन आवश्यक देखिएको भन्दै गत साउन २९ गते प्रतिनिधिसभामा फिर्ता पठाउनुभएको थियो ।

राष्ट्रपतिबाट फिर्ता आएको सो विधेयक यही भाद्र २ गते प्रतिनिधिसभाबाट बिना संशोधन पुनः बहुमतबाट पारित भएको थियो।