शुक्रबार, बैशाख २१, २०८१

माओवादी केन्द्रको स्थायी समिति बैठक फेरि सर्यो , शुक्रवार विहान बस्ने

काठमाडौं भाद्र २,
सत्तासाझेदार दल नेकपा माओवादी केन्द्रको आज बस्ने भनिएको पूर्व निर्धारित स्थायी समिति बैठक साँझ ६ बजेका लागि सरेको छ । आजको बैठकमा मुलत पार्टी पदाधिकारी यचनको प्रम’ख एजेन्दा रहेको थियो ।

तर प्रतिनिधिसभाको आजको बैठकमा नागरिकता विधेयकमाथि छलफल हुनेभएसंगै आज विहानको लागि तय भएको बैठक साँझको लागि सारिएको थियो ।

यद्यपी साँझ पनि नागरिता विधेयक पारितका लागि मतदान प्रक्रियामा सांसदहरू सहभागी हुनु परेपछि साँझको बैठक शुक्रवार विहान साढे आठ बजे बस्ने गरि सारिएको पार्टीका कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिनुभयो । साथै उहाँले भोलि बस्ने बैठकमा पार्टी प्रचण्डले पदाधिकारी प्रस्ताव गर्ने तयारी पूरा भएको जानकारी दिनुभयो ।