शुक्रबार, बैशाख ७, २०८१

संसद बैठक: नागरिकता विधेयक बहुमतले पारित

काठमाडौं भाद्र २,

प्रतिनिधिसभाले नेपाल नागरिकता पहिलो संशोधन विधेयक, २०७९ बुहमतले पारित गरेको छ । यसअघि प्रस्तुत विधेयक गत साउन १६ गते संघीय संसदको दुवै सदनबाट पारित गरी प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेश गरिएको थियो । तर राष्ट्रपतिबाट साउन २९ गते उक्त विधेयक प्रतिनिधिसभामा पुनर्विचार गरियोस् भनी  छलफलका लागि भन्दै सन्देश सहित फिर्ता गर्नुभएको थियो ।

यसअघि बैठकमा गृहमन्त्री बालकृष्ण खाणले नागरिकता पहिलो संशोधन विधेयक, माथिको छलफलमा सत्तापक्ष र प्रतिपक्षका सांसदहरूले आ–आफ्नो धारणा राख्ने सकिएसंगै छलफलमा उठेको प्रश्नको जवाफ दिदै नेपाल नागरिकता विधेयक, मुलुकको संविधानले गरेको व्यवस्था अनुसार अर्थात संविधानसम्मतरूपमा दलीय सहमति सहमति र छलफल पछि मात्र ल्याइएको बताउनुभएको छ । साथै उहाँले प्रस्तुत विधेयक माथि राज्य व्यवस्था तथा सुशासन समितिमा लामो समयसम्म सहमतिको प्रयास सहित मोजुदा गठबन्धनको सरकारले सहमति जुटाउने प्रयास गरेको तर सहमति कायम हुन नसकेपछि सरकारले नयाँ विधेयकका रूपमा विधेयकलाई अघि बढाएको जानकारी दिनुभएको थियो ।

त्यस्तै बैठकमा भएको छलफलको क्रममा उठेको प्रश्नमा गृहमन्त्री प्रष्टोक्ति पछि सभामुख अग्निप्रसाद सापकोटाले बैठकको माग अनुरुप नेपाल नागरिकता पहिलो संशोधन विधेयक, २०७९ को मतविभाजन प्रक्रिया अन्र्तगत हुन्छ, हुन्न र मत दिन्न भन्ने पक्षमा मतदान गर्ने प्रक्रिया प्रारम्भ भएको घोषणा गर्नुभएको थियो

त्यसपश्चात भए को मतदान प्रक्रिया अन्र्तगत पक्ष र विपक्षमा मत विभाजन हुँदा सभामुख अग्निप्रसाद सापकोटाले बैठकमा उपस्थित एक सय ९५ सांसदमध्ये उक्त विधेयक पारित गर्ने पक्षमा एक सय ३५ र यथास्थितिमा विधेयक पारित गर्न नहुने पक्षमा ६० मत र मत दिन्न भन्ने पक्षमा कुनै पनि मत नपरेको जानकारी दिदै नागरिकता विधेयक बहुमतले पारित भएको घोषणा गर्नुभएको हो ।    प्रतिनिधिसभाको अर्को बैठक यही भाद्र ५ गते आइतबार बिहान ११ बजे बस्नेछ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

August 2022
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031