शुक्रबार, चैत्र १६, २०८०

नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको सख्या ११ हजार ९९० पुग्यो

काठमाडौँ भाद्र २,
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ४ हजार ९३० जनाको परीक्षण गर्दा देशभर पछिल्लो २४ घण्टामा ५ सय ४२ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको जनाएको छ ।

त्यस्तै पछिल्लो समय थप ४ सय २१ जना सङ्क्रमणमुक्त भएको जानकारी दिदै मन्त्रालयले हाल सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार दुई सय ६५ रहेको जानकारी दिएको छ।

यसमध्ये आइसीयूमा ५४ र भेन्टिलेटरमा सात जनाले उपचार गराइरहेको जानकारीसंगै वितेको २४ घण्टामा कुनै संक्रमितको मृत्यु नभएपनि नेपालमा सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार नौ सय ९० पुगेको मन्त्रालयले जनाएको छ ।