बिहिबार, बैशाख २०, २०८१

पहिरोको कारण मुग्लिन-नारायणगढ सडकखण्ड गएरातिदेखि अवरुद्ध , सुचारु हुन अझै केहि समय लाग्ने

काठमाडौं साउन २० ,
अविरल वर्षासंगै भरतपुर महानगरपालिका वडा नंं २९ केराबारीस्थित मौरी पुलमा पहिरो जाँदा मुग्लिन९नारायणगढ सडकखण्ड गएरातिदेखि अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले राति २ बजेतिर लेदोसहितको पहिरो खसेपछि दुईतर्फी रूपमै यातायात अवरूद्ध भएको जानकारी दिदै पहिरो खस्नेक्रम नरोकिएकाले पहिरो पन्छाउन नसकिएको जनाएकोछ । साथै पहिरो खस्नेक्रम नरोकिएसम्म सडक सुचारु हुन अझै केहि समय लाग्ने जानकारी दिनभएकोछ ।