बिहिबार, बैशाख २०, २०८१

राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण

[फाइल फोटो]

काठमाडौं साउन १८,
राष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक प्रमाणीकरण गर्नुभएको छ ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११३ को उपधार २ बमोजिम विधेयक प्रमाणीकरण गर्नुभएको जानकारी दिनभयो ।

सङ्घीय संसदको दुवै सदनको बैठकबाट पारित प्रस्तुत विधेयक प्रमाणीकरण भएसंगै मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापनाको मार्ग प्रसस्त भएको छ ।