काठमाडौं साउन १८ ,
इण्डियन आयल कर्पोरेशनबाट पेट्रोलियम पदार्थको मूल्यमा घट्दो मूल्य सूची प्राप्त भएपनि तत्काल नेपाल आयल निगमले अहिलेकै इन्धनको मूल्य घटाउन नसकिने जनाउ दिएको छ।
निगमले बुधबार एक विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थमा अझै घाटा रहेको इण्डियन आयल कर्पोरेशनलाइ वक्यौता तिर्न अझै बाँकी रहेकाले तत्काल मूल्य घटाउन नसकिने जनाउ दिएको हो।
त्यस्ते निगमले जारी विज्ञपीतमा निगमको घाटा अझै २३ अर्ब रहेकाले मूल्य यथावत् नै राख्नुको विकल्प नभएको भन्दै लगातार घाटामा पेट्रोलियम पदार्थ बिक्री गर्दा नेपाल सरकारले सात अर्ब र राष्ट्रिय वाणिज्य बैंकले तीन अर्ब उपलब्ध गराए पनि घाटा अझै २३ अर्ब रहेको निगमले जनाएको छ।
यसैवीच आज यातायात व्यवसायी राष्ट्रिय महासङ्घले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेको भन्दै नेपाली बजारमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न माग गरेका छन् ।