मङ्लबार, जेष्ठ १, २०८१

यस्तो छ मन्त्रिपरिषद् बैठक मार्फत भएका १२ बुँदे निर्णय

काठमाडौं असार १५,
मंगलवार बसेको मन्त्रिपरिषद् बैठक मार्फत विभिन्न मन्त्रालयको प्रस्तावमा भएका १२ बुँदे निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एव्म सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उपत्यका भित्र प्रसारण लाइन तथा सबस्टेशनमा संरचनागत सुधार, स्तरोन्‍नती तथा विस्तार गर्नका लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्ने निर्णय भएको बताउनुभयो ।

त्यस्तै उहाँले  गृह मन्त्रालयको प्रस्तावमा सशस्त्र प्रहरी [दोस्रो संशोधन] नियमावली, २०७९ को मस्यौदा उपर लोक सेवा आयोगकोे परामर्श लिने निर्णयसंगै सरकारले विभिन्न अवसरमा प्रदान गर्दै आइरहेको विभूषणमा प्रयोग हुने सुनको परिमाण घटाएर बनोटमा हेरफेर गर्न स्वीकृत दिने निर्णय गरेको जानकारीदिनुभयो ।

यसैगरी, बैठकले वीरगञ्ज–सिमरा–पोखरिया प्रसारण लाइनको टावर तथा सबस्टेसनका लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्ने र कार्यसम्पादन करार निर्देशिका, २०७९ स्वीकृत गर्ने निर्णय र श्रेणीबिहीन स्थायी कार्यालय सहयोगी पदका कर्मचारीको सेवा समूह र पद परिवर्तन गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

त्यस्तै सरकार प्रवक्ता कार्कीले मध्य भोटेकोशी जलविद्युत् आयोजनाको २२० केभी प्रसारण लाइनको लागि वन क्षेत्र प्रयोग गर्न दिने र कार्वन उत्सर्जन न्यूनीकरण खरिद सम्झौता गर्न वार्ता टोली गठन गर्ने , भेटेटार स्काई वाक निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने, महाकाली पुल आयोजना क्षेत्रमा रहेका रुख हटाउने सम्बन्धमा, बृहत्तर जनकपुर क्षेत्र विकास परिषदको अध्ययनमा शीतल साह धनुषा लाई नियुक्त गर्ने र निजामती सेवा पुरस्कार सिफारिस समितिको सदस्य तोक्ने निर्णय पनि गरेको जानकारी दिनुभयो ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2022
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031