मङ्लबार, बैशाख २५, २०८१

दरवार हत्याकाण्डको २१ वर्ष: हत्याकाण्ड पछाडिका रहस्य अझैपनि गुमनाम

काठमाडौं जेठ १९,

हत्याकाण्डको तथ्य आज ज्येष्ठ १९ अर्थाथ मुलुकमा अकल्पनीय एवम् विभत्स घटना भएको दिन । त्यो दिन जुन दिन सम्पूर्ण नागरिको आँखाबाट बलिन्द्र धारा आँसु खसेको दिन । हो आज भन्दा ठीक २१ वर्षअघि ज्येष्ठ १९ गतेकै राति कहालीलाग्दो दरवार हत्याकाण्ड भएको दिन आफ्ना प्यारा राजा विरेन्द्रको वंशविनास भएको दिन । तत्कालीन् राजा वीरेन्द्र, रानी ऐश्वर्यसहित राजपरिवारका दश जना सदस्यको निर्मम हत्या भएको दिन । घटनाको द्दज्ञ वर्षपछि पनि त्यो हत्याकाण्डको वास्तविक तथ्य अझै उद्घाटित हुन सकेको छैन । २०५८ साल ज्येष्ठ १९ गते राति भएको सो गोलिकाण्ड अझ पनि रहस्यकै रुपमा छ ।

राजपरिवारका सदस्यहरुको पारिवारिक भेला भएको बेलामा भएको उक्त गोलीकाण्डमा तत्कालिन राजा विरेन्द्र, रानी ऐश्वर्य, युवराज दिपेन्द्र, अधिराजकुमार निराजन, राजकुमारी श्रृतिसहित १० जना क्रमस तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारीहरु श्रुति, शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह र धीरेन्द्र शाहको हत्या गरिएको थियो । यो त्रासदीपूर्ण घटनापछि मुलुकको राजनीतिले नया मोड लियो र यस वीचमा भएको जनआन्दोलन २०६२र६३ को सफलतासंगै नेपालबाट राजसंस्थाकै अन्त्य हुन पुग्यो । हत्याकाण्ड भएको नारायणहिटी दरबारलाई अहिले संग्राहालय बनाइएको छ । घटनाको द्दज्ञ वर्ष वित्दासम्म पनि हत्याकाण्डको तथ्य अझै बाहिर आउन सकेको छैन ।

यसवीचमानै मुलुकको कार्यकारी प्रधानमन्त्रीको कुर्सीमा आसिन प्राय सबै प्रधानमन्त्रीले वेलावखत दरवार हत्याकाण्डका हत्यारा पत्ता लगाइ कारावाही गर्ने प्रतिबद्धता जनाएपनि उहाँहरुले आफ्नो भनाईलाई कार्यान्वयनमा ल्याउन नसक्दा नेपाली जनताको तत्कालीन प्रिय स्वर्गीय राजा बीरेन्द्रको विभत्स रुपमा भएको हत्याकाण्ड पछाडिका रहस्य अझैपनि नसुल्झिएको रहस्यका रुपमा गुमनामनै रहन पुगेका छन ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2022
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031