शुक्रबार, बैशाख ७, २०८१

काँग्रेसका सच्चा सिपाही नेम्बाङको स्वास्थ्यमा समस्या, काँग्रेस नेतृत्व वेखर

देवेन्द्र बिक्रम नेम्बाङ एउटा प्रतिनिधी पात्र मात्र हुन । नेम्वाङ जस्ता सच्चा हजारौं कांग्रेसीहरू अहिले पार्टीमा ओझेल पर्दै जानुले काँग्रेस वृतमा थप चिन्ताको विजारोपण

काठमाडौं जेठ १९,

लोकतान्त्रिक समाजवादका प्रतिपादक विपि कोइरालाको प्रशिक्षणमा हुर्केका समाजवादी नेता देवेन्द्र बिक्रम नेम्बाङको पछिल्लो समय स्वास्थ्यमा समस्या देखिएसंगै उहॅा उपचारार्थको लागि पुल्चोक स्थित निदान अस्पतालमा हुनुहुन्छ।

नेपालमा प्रजातन्त्र स्थापनाका लागि होस वा जुनसकुकै किसिमको लोकतान्त्रिक अभ्यासमा जहिले पनि विपिले कोरेका समाजवादी विचारलाइ पछ्याउॅदै देश र जनसेवामा सक्रिय नेम्बाङ अवस्थाका विषयमा प्राय काँग्रेस नेताहरु वेखर रहेका छन ।मुलुकमा नेपाली काँग्रेस नेतृत्वको सरकार त्रियाशील रहेको अवस्थामा तत्कालीन विपी विचारका अनुयायी नेम्बाङ जस्ता व्यक्तित्वको योगदान ओझेलमा पर्नु भनेको किमार्थ न्यायसंगत मान्न सकिन्न ।

मुलकमा त्यस वेलादेखि आजको समयसम्म पनि देश र पार्टीको संगठनका लागि सधै दिनमात्र जानेका कहिल्यै पदको लोभमा नपरी सधैं विपि मार्गदर्शन अनुरुप समाजवादी विचारको वकालत गर्दै जनसेवामा समर्पित नेम्बाङले प्रजातान्त्रका लागि गरेका योगदान आफैमा महत्वपूर्ण रहेको छ।

प्राप्त जानकारी अनुसार उहाँले झापाको मेची नगरपालिका १० धुलावारी मोडमा, नेपाली कांग्रेस क्षेत्र न १ को क्षेत्रीय कार्यालय भवन निर्माण संगै धुलाबारी मोडमा नै त्रिफला राष्ट्रिय पुस्ताकलयको भवन निर्माणका लागि जग्गा दान मात्र गरेका छैनलन । मेची नगरको धुलाबारी चोकमा रेडक्रस भवन निर्माणका लागि समेत उहाँले एक कठ्ठा जग्गा दान दिनुभएकोछ ।

आफ्नो स्वास्थ्य अवस्थामा समस्या रहेको अवस्थामा समेत जनताका विविध समस्या समाधानको लागि चिन्तित नेम्बाङ विपी विचारबाट प्रभावित भएकै कारण होला सधै देश, जनता र पार्टी प्रति चिन्ता व्यक्त गर्न पछिपर्दैन ।

हुन त पछिल्लो समय नेपाली काङ्ग्रेसका महामन्त्री विश्व प्रकाश शर्माको राजनीति थलो झापामा कांग्रेसले कांग्रेस खोजिरहेको अवस्थामा सम्पूर्ण युवाले सकारात्मक परिवर्तनको अपेक्षा गर्दै पार्टीको निर्णायक तहमा शर्मा जस्ता परिवर्तनका संवाहक विश्व प्रकाश शर्मालाइ महामन्त्रीको जिम्म्ेवारी दिदै गर्दा विपिको संगतमा हुर्केका नेम्वाङ प्रति सबैले श्रद्धाकासाथ सम्मान प्रकट गर्नु आवश्यक रहनछ । तर देवेन्द्र बिक्रम नेम्बाङ एउटा प्रतिनिधी पात्र मात्र हुन । नेम्वाङ जस्ता सच्चा हजारौं कांग्रेसीहरू अहिले पार्टीमा ओझेल पर्दै जानुले काँग्रेस वृतमा थप चिन्ताको विजारोपण गरेको छ ।

यदि समयमानै नेम्बाङ जस्ता थुप्रै पार्टीका सच्चा कार्यकर्ता नेताहरुलाई पार्टीले समयमानै सम्मानकासाथ सम्झनु पर्दछ । अझझन झापाको माटोले यस्ता सच्चा कांग्रेसीलाई सम्झनु आफैमा महत्वपूर्ण रहन्छ । त्यसअर्थमा पनि नेम्वाङ जस्ता पार्टीका सच्चा सिपाहीहरुको कदर गर्दै उनको उच्च सम्मानका लागि अगाडि बढन काँग्रेस नेतृत्व अगाडी बढ्नु पर्ने देखिन्छ ।

अझ स्मरण योग्य पक्ष भनेको पछिल्ले समय नेम्वाङका ठूली छोरी थिङकु नेम्बाङ पनि बुवाको पदचापलाइ पछ्याउॅदै, काङ्ग्रेस पार्टी मेचीनगरको समितिमा रहेर क्रियाशील ल रहेका छन भने साइली छोरी तपना नेम्वाङ काठमाडौं महानगरको वडान १५ मा नेकपा एमालेको कमिटीमा रहेर आफ्नो बाबुले सिकाएका पार्टी प्रति बफादार का पाइला चाल्दै अधि बढी रहेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2022
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031