मङ्लबार, बैशाख १८, २०८१

बाढी पहिरोको बढ्दो जोखिमसंगै मेलम्चीको पानी वितरण बन्द

काठमाडौं जेठ १७ ,
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित मेलम्ची खोलाको मुहानबाट काठमाडौमा वितरण हुँदै आएको पानी तत्कालका लागि बन्द गरिएकोछ । मेलम्ची खानेपानी विकास समितिले दिनुँ जस्तो भइरहेको वर्षाका कारण बढ्दो बाढी पहिरोको जोखिमलाइ दृष्टिगत गर्दै वैकल्पिक प्रणालीबाट ल्याइएको मेलम्चीको पानी बन्द गरिएको जनाएको छ।

यद्यपी सुक्खा मौसम शुर भएसंगै फेरि वैकल्पिक प्रणालीबाट पानी राजधानी ल्याइने जानकारिदिदै समितिले मेलम्चीको पानी बन्द गरिएपनि सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा वाग्मतीको पानी प्रशोधन गरी राजधानीवासीलाई दिइने मेलम्ची आयोजनाले जनाएको छ ।

यसहघि पनि मेलम्ची खोलामा सुक्खा पहिरो आउँदा आयोजनाको पूर्वाधारमा क्षति पुगेको थियो । गत वर्ष बाढी आउनुअघि नै सुरुङमा पानी बन्द गरिएकाले सुरुङभित्र भने क्षति पुग्न पाएको थिएन । यसवर्ष असार अगावै दैनिक पानी पर्ने र बाढी आउन थालेपछि आयोजनाले सावधानी अपनाउँदै मुहानमै पानी बन्द गनुृ परेको जनाउ दिएको छ।