मङ्लबार, बैशाख २५, २०८१

प्रहरीका महानिरीक्षक बढुवा प्रकरणको अन्तिम सुनुवाइ जेठ ३० गते हुने

काठमाडौं जेठ १७ ,
सर्वोच्च अदालतले नेपाल प्रहरीका महानिरीक्षक बढुवा प्रकरण विरुद्धको परेको रिटको सुनुवाइ जेठ ३० गते गर्ने भएको छ।

सरकारले नेपाल प्रहरीका महानिरीक्षकमा धीरजप्रताप सिंहलाई बढुवा गरेपछि एआईजी विश्वराज पोखरेलले बढुवाका लागि आफू योग्य भएको तर सरकारले वरिष्ठता क्रममा तेस्रो व्यक्तिलाई बढुवा गरेको उल्लेख गर्दै पोखरेलले सर्वोच्च अदालतमा दायर रिटको आज भएको पेशीको क्रममा न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र डा कुमार चुडालको इजलासले अन्तिम सुनुवाइको लागि जेठ ३० गतेको मिति तोकिएको हो।

यसअघि, न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले गत वैशाख २२ गते मुद्दाको अन्तिम सुनुवाइ आजदेखि हुने आदेश दिएको थियोे । उक्त इजलासले सरकारका तर्फबाट अन्तिम सुनुवाइका लागि लिखित जवाफ माग गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2022
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30