बुधबार, बैशाख १९, २०८१

जेठ १ बाट दुइ दिने विदा कार्यान्वयन हुँदै, विदाका दिन काम गर्ने कर्मचारीलाई सट्टा बिदा दिइने

काठमाडौ वैशाख २७,
सरकारले मन्त्री परिषद बैठकमार्फत आगामी जेठ १ गते देखि परीक्षणको रुपमा कार्यान्वयन गर्न लागेको साताको दुई दिन शनिबार र आइतबार विदा आगामी जेठ १ बाट कार्यान्वयनमा आउने भएको छ। त्यस्तै साताको दुई दिन विदा कार्यान्वयन गर्दै गर्दा सोमबारदेखि शुक्रबारसम्म कार्यालय समय बिहान ९ः३० देखि अपरान्ह ५ः३० बजेसम्म निर्धारण गरेको गृह मन्त्रालयले जनाएको छ ।

त्यस्तै मन्त्रालयले कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म कार्यालय समय बिहान ९ः३० बजेदेखि अपरान्ह ४ः३० बजेसम्म रहने जनाउदै सार्वजनिक बिदाका दिनमा सेवा प्रदान गर्ने कर्मचारीलाई सट्टा बिदा उपलब्ध गराउने निर्णय समेत गरेको छ ।

त्यस्तै मन्त्रालयले सोमबार राजपत्रमा प्रकाशित सूचनामा उल्लेख भएअनुसार २०७९ सालका लागि निर्धारण गरिएका दशैं र तिहारका सार्वजनिक बिदा बाहेक अन्य बिदा लगातार दुई दिनभन्दा बढी भएमा सार्वजनिक सेवा प्रवाह गर्ने विभिन्न सरकारी संस्था र स्थानीय तहले तेस्रो दिनदेखि गृह मन्त्रालयले समय निर्धारण गरे बमोजिम सेवा प्रवाहको व्यवस्था मिलाउने जनाएको छ।

मन्त्रालयका अनुसार सार्वजनिक सेवा प्रवाह गर्ने अस्पताल र स्वास्थ्य चौकी, रोपवे, टेलिफोन, प्रहरी, विद्युत, खानेपानी, अध्यागमन, वारुणयन्त्र, टक्सार, रेडियो नेपाल, नेपाल टेलिभिजन, मुद्रण विभाग, कन्सुलर सेवा, राहदानी सेवा, हुलाक, जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय, सीमा प्रशासन कार्यालय, बैंकिङ्ग सेवा, आन्तरिक राजश्व, भूमि सुधार तथा मालपोत कार्यालय, नापी कार्यालय, भन्सार कार्यालय र स्थानीय तहमा यो नियम लागू हुने भन्दै मन्त्रालयले जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2022
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30