शुक्रबार, बैशाख ७, २०८१

प्रमुख दलदेखि स्वतन्त्र उम्मेदवारहरुलाइ आफ्नो पक्षमा चुनावी माहौल बनाउँन भ्याई नभ्याई

काठमाडौ वैशाख २७,
आगामी बैशाख ३० गते देशैभरका ७५३ स्थानीय तहको लागि एकै चरणमा सम्पन्न हुने निर्वाचनको आज लागि आज राति १२ बजेबाट मौन अवधि सुरु हुँदैछ ।

मौन अवधि सुरु भएयता निर्वाचनको प्रचारप्रशारको क्रममा कुनै पनि र्‍याली र आमसभा, भेला वा सामाजिक सञ्जालबाट समेत त्यस्तो कुनै पनि गतिविधी गर्न नपाइने भएसंगै दल र स्वतन्त्र उम्मेदवारहरुले आफ्नो पक्षमा चुनावी माहौल बनाउँन आज दिन भर जस्तो र्‍याली र आमसभा सहित शक्ति प्रदर्शन गरेका छन्।

४८ घण्टे मौन अवधि सुरु भएपछि सामाजिक सञ्जालबाट समेत निर्वाचन आचारसंहिता विपरीतका पोस्टहरु हटाउन र नयाँ पोस्ट नगर्न समेत सम्बन्धीत सवैलाइ निर्वाचन आयोगले यसघिनै निर्देशन दिइसकेको छ।

यसैवीच आज दिन भर जस्तो उपत्यकाका विभिन्न स्थानीय तहहरूमा नेपाली काँग्रेस एमाले लगातका प्रमुख राजनीतिक दलदेखि अन्य दलले सभा र जुलुस प्रदर्शन गरेको छ । यसक्रममा दलका शिर्ष नेतृत्त्व देखि सबै तह र तप्काका नेताहरुलाइ समेत भ्याई नभ्याईको अवस्था सिर्जना भएको  छ।

त्यस्तै देशका सवैभन्दा चर्चित स्थानीय तह काठमाडौं महानगरपालिकाका प्रमुख पदका मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेसका नेतृ सिर्जना सिंह र नेकपा एमालेका प्रमुख पदका उम्मेदवार केशव स्थापितका पक्षमा भए गरेको प्रदर्शन संगै र्‍याली र आमसभाप्रति प्राय सबैको ध्यान खिचेको थियो ।