बुधबार, बैशाख १९, २०८१

शनिवार अपरान्ह कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

उत्कृष्ट चुनावी गीत रचना गर्ने स्रष्टालाइ दुई लाख ७५ हजार पुरस्कार दिने घोषणा

काठमाडौं बैशाख २,
आसन्न स्थानीय तहको निर्वाचनका लागि महानगरपालिका एवं उपमहानगरपालिकाका प्रमुख र उपप्रमुख उम्मेदवारीसम्बन्धी प्रस्तावबारे
छलफलका लागि नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिवार बस्ने भएको छ।

पार्टी मुख्यालमा दिउँसो २ बजे बस्ने बैठकका लागि प्रस्तावित एजेन्दा उपर छलफलका लागि केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ ।

यसैवीच आसन्न स्थानीतह निवाचन लक्षित हुँदै कांग्रेसले उत्कृष्ट चुनावी गीत रचना गर्ने स्रष्टालाइ दुई लाख ७५ हजार पुरस्कार दिने भएकोछ ।कांग्रेसले आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरी पार्टीको पक्षमा चुनावी गीत [अडियो/भिडियो] निर्माण गरी प्रचारप्रसार भइरहेका मध्येबाट उत्कृष्टलाई रु दुई ७५ हजार राशिबाट पुरस्कृत गर्ने भएको हो ।

पार्टी प्रवक्ता डा प्रकाशशरण महतको संयोजकत्वमा रहेको स्थानीय तह निर्वाचन केन्द्रिय प्रचार–प्रसार समितिअन्तर्गतको सांस्कृतिक समन्वय उपसमितिले दर्शक, श्रोता तथा छनोट समितिको निर्णयबमोजिम सो पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो । त्यस्तै सांस्कृतिक समन्वयका उपसमिति संयोजक डीबी गुरुङले कांग्रेसको पक्षमा चुनावी अडियो/ भिडियो गीत निर्माण गरी प्रचार–प्रसार भइरहेका गीत फेसबुक म्यासेन्जरमा लिंक गरी पठाउन सम्पूर्ण लोकतन्त्रवादी कलाकारलाई आग्रह गर्नुभएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2022
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031