शुक्रबार, बैशाख १४, २०८१

देशभर थप १४ जनामा कोभिड सङ्क्रमण ,४३८ संक्रमण मुक्त

काठमाडौं बैशाख २,
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ३ हजार ९०३ को कोभिड परिक्षणको क्रममा थप १४ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको जनाएको छ ।

त्यस्ते पछिल्लो समय थप ५५ जना सङ्क्रमणमूक्त भएका छन भने सङ्क्रमणका कारण पछिल्लो समय हुने मृत्यु दरको सख्या शुन्यमा झरेको मन्त्रालयले जनाएको छ।

साथै देशभर कोभिड सक्रिय सङ्क्रमितको सङ्ख्या ४३८ रहेको छ भने भेन्टिलेटरमा १ जना र आइसियूमा ९ जनाले उपचार सहित स्वास्थ्य लाभ गरिहेको मन्त्रालयले जनाएको छ ।