बिहिबार, बैशाख २०, २०८१

चुनावी तालमेलका लागि एमाले र राप्रपावीच ५ बुँदे सहमति

 

काठमाडौ चैत ३०,
नेकपा एमाले र कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच चुनावी आसन्न स्थानीय तह निर्वाचन एमाले र राप्रपा नेपालवीच चुनावी तालमेलका लागि पाँचबुँदे सहमति भएको छ।

बुधबार थापाथलीस्थित एमाले मुख्यालयमा राप्रपा नेपालले स्थानीय तह निर्वाचनमा सूर्य चिन्ह लिएर उठ्ने सहमति भएको हो । चुनावी तालेमल सहमतिमा एमाले स्थानीय विकास विभागका प्रमुख देवेन्द्र दाहाल र राप्रपा नेपाल स्थानीय निकाय परिचालन विभागका प्रमुख सुशीलकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन ।

त्यस्तै आज भएको सहमतिमा देशभरिका तालमेल सम्भव भएका पालिकाहरुमा आपसी तालमेल सहति उम्मेदवार उठाउने , राप्रपा नेपालले उम्मेदवार नभएका ठाउँहरुमा नेकपा एमालेका उम्मेदवार सघाउने र नेकपा एमालेले राप्रपा नेपालका उम्मेदवारलाई सघाउने सहमति भएको छ ।

यसैगरी, एमाले र राप्रपा नेपालका जिल्ला कमिटीले आपसमा छलफल गर्ने, सहकार्यका लागि प्रस्ताव तयार गर्ने आ–आफ्नो पार्टी केन्द्रमा उठाउने । केन्द्रीय तहको अनुमतिपश्चात् सहमति कार्यान्वयन हुनेछ । त्यस्तै, राप्रपा नेपालका उम्मेदवारले सूर्य चिन्ह लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्ने । निजहरु निर्वाचित भएपश्चात् पनि राप्रपा नेपालमै आबद्ध रहेन र हस्ताक्षरकर्ताले सहमति कार्यान्वयनका लागि आ–आफ्ना पार्टीको तर्फबाट समन्वय र सहजीकरण गर्ने सहमति भएको उल्लेख गरिएको छ।