बुधबार, बैशाख १२, २०८१

३ साताका लागि सशस्त्रको महानिरीक्षकमा केसी नियुक्त

काठमाडौं, चैत ३०,
सरकारले सशस्त्र प्रहरी महानिरीक्षकमा वरीयताका आधारमा पुष्पराम केसीलाई नियुक्त गरिएको छ। सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल ४ वर्षे कार्यकाल सकेर सोमबार बिदा भएसंगै बुधबार बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई महानिरीक्षक बनाउने निर्णय गरेको हो ।

२०४९ वैशाख १९ मा प्रहरी सेवामा प्रवेश गरेका नवनियुक्त महानिरीक्षक केसीको कार्यकाल ३ साता मात्र हुनेछ। उमेर हदका कारण उनले १९ वैशाखमा अवकाश पाउनेछन्। प्रहरी महानिरीक्षको प्रतिस्पर्धामा रहेका रामशरण पौडेल र केसी दुवै सेवा निवृत खनालकै ब्याची हुन्।