मङ्लबार, बैशाख १८, २०८१

राष्ट्रपतिद्वारा निर्वाचनका लागि सेना परिचालन गर्न स्वीकृति

काठमाडौं चैत २९,
आसन्न स्थानीय तह निर्वाचनको सुरक्षा व्यवयस्थालाइ थप प्रभावकारी बनाउँ नेपाली सेना परिचालित हुने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको सुरक्षाा लागि राष्ट्रिय सुरक्षा परिषद्को सिफारिस र मन्त्रिपरिषद्को निर्णयानुसार नेपाली सेना परिचालनको प्रस्ताव स्वीकृत गर्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा नेपालको संविधानको धारा ६६ को उपधारा २ बमोजिम सेना परिचालन गर्न आज स्वीकृति प्रदान गर्नुभएको समेत आज जारी विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रिय सुरक्षा परिषद्ले स्थानीय तहको निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना, २०७८’ मा व्यवस्था भएअनुसार सुरक्षा निकायहरू एकीकृत तथा समन्वयात्मक रूपमा परिचालन गर्न सेना परिचालनको लागि गत चैत १७ गते र साथै मन्त्रिपरिषद्को चैत २४ गतेको बैठकले सिफारिस गरे अनेरुप नेपालको संविधानको धारा ६६ को उपधारा २ बमोजिम सेना परिचालन गर्न आज स्वीकृति प्रदान गर्नुभएको समेत आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।