मङ्लबार, बैशाख १८, २०८१

कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठक वैशाख २ मा

काठमाडौं चैत २९,
कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठक बस्ने भएकोछ ।

वैशाख ३० गते देशभर हुन लागेको स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर गठन गरिएको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको वैशाख २ गते शुक्रबार बस्ने प्रस्तुत बैठकमार्फत निर्वाचन लक्षित नितिगत निर्णय  गरिने तयारी भएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख गरिएकोछ ।

त्यस्तै जारी विज्ञप्तिमा कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको सम्पूर्ण सदस्यलाई उपस्थितिका लागि अनुरोध गरिएको छ।