बुधबार, बैशाख २६, २०८१

६५० एमजीको पारासिटामोल अनुमति प्रकरणको सर्वत्र विरोध, तत्काल छानबिनको माग

६५० एमजीको पारासिटामोल अनुमति प्रकरणको सर्वत्र विरोध, तत्काल छानबिनको माग

श्रीजन झा / काठमाडौं चैत १३ ,
पछिल्लो समय नेपाली औषधि बजारमा ६५० एमजीको पारासिटामोल ट्याबलेट बनाउदै विक्रि वितरण गर्न  दिने सरकारी निर्णयको चौतर्फी आलोचना शुरु भएको छ। गत चैत १० गते  बसेको  औषधि सल्लाहकार समितिको ५३ औँ बैठकले नेपालमा पनि ६५० एमजीको पारासिटामोल बनाउने निर्णय गरेको हो ।

औषधिको नियमन गर्ने सरकार मातहतका निकायको उक्त निर्णय जन स्वास्थ्य विपरित भएको ठहर सहित उपभोक्ता हित संरक्षण मञ्च, नेपाल फार्मेसी संघ र नेपलिज एशोसिएसन अफ क्लिनीकल फर्मासिस्टले अलग अलग विज्ञप्ति जारी गर्दै विरोध गरेको हो ।

त्यस्तै पारासिटामोलको डोज बढाउने कार्यलाइ तत्काल रोकेर छानबिन गरी कारबाही गरी पाऊँ भन्दै उपभोक्ता हित संरक्षण मञ्च नेपाल र फार्मेसी संघले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसँग माग गर्दै उनिहरुले सरकारको यो निर्णय गाई मारेर गधा पोस्ने नियतबाट प्रेरित भएको भन्ने आशय समेत व्यक्त गरेका छन । साथै अध्ययन र प्रमाण बिना पारासिटामोल ट्याबलेटको डोज बढाउँदै व्यापारीको स्वार्थलाइ मलजल गर्दै उपभोक्ताको स्वास्थ्यमाथि खेलवाद संगै मूल्यमा समेत धाद सेक्ने योजना बनाएको जनाउ दिएका छन ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको ध्यानाकर्षणका लागि ७ बुँदे माग सहित औषधि व्यवस्था विभागले कुनै आधारण कारण बिना नै केही व्यापारीको स्वार्थमा परी ६५० मिलिग्रामको पारासिटामोलको दर्ता बिना अनुमति र कारोबार गर्न दिने कार्य गर्न लागेकाले सो कार्य तत्काल रोकी छानबिन गरी कारबाही गर्न माग गरेका छन ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2022
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28