बिहिबार, बैशाख २०, २०८१

राप्रपाले आगामी चैत २५ गते काठमाडौंमा शक्तिप्रदर्शन गर्ने

काठमाडौँ चैत ७,
स्थानीय तहको निर्वाचन लक्षित हुँदै आगामी चैत २५ गते राप्रपाले काठमाडौं शक्तिप्रदर्शन गर्ने भएको छ। पार्टीको बागमती प्रदेश समितिको आयोजनामा राजधानीको खुलामञ्चमा आमसभा को आयोजना गर्दै राप्रपाले शक्ति प्रदर्शन गर्न लागेको हो ।

पार्टी प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार आमसभा आयोजनार्थ प्रदेश अध्यक्ष विक्रमबहादुर थापाको संयोजकत्वमा काठमाडौं, ललितपुर र भक्तपुरका अध्यक्ष सहसंयोजक रहने गरि ५ सय ५५ सदस्यीय आयोजक समिति गठन गरिएको छ । त्यस्तै समितिमा केन्द्रीय सदस्य आशा लामा सदस्य सचिव रहेने जानकारी दिनुभयो ।

त्यस्तै समितिमा बागमती प्रदेश अन्तर्गतका १३ जिल्लाका अध्यक्ष, बागमती प्रदेश कार्यसमितिका पदाधिकारी, सदस्य, प्रदेशभित्रका भातृ संगठनका केन्द्रीय तथा जिल्ला समितिका पदाधिकारी, सदस्य, प्रतिनिधिसभा, प्रदेशसभा, महानगर, नगर र गाउँपालिकाका अध्यक्ष समेत रहेको जानकारीदिदै प्रवक्ता श्रेष्ठले आमसभालाई थप प्रभावकारी बनाउन आवश्यकता अनुसार उपसमिति पनि गठन गरिएको जानकारी दिए।