शनिबार, बैशाख ८, २०८१

चिनियाँ विदेशमन्त्री वाङ नेपालको दुई दिने नेपाल भ्रमणमा आउँदै 

काठमाडौँ चैत ७,
चिनियाँ विदेशमन्त्री वाङ यी आगामी चैत ११ गते दुइ दिने नेपाल भ्रमणमा आउने भएका छन्। परराष्ट्र मन्त्री नारायण खड्काको निमन्त्रणमा उनी नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएकोछ ।

नेपाल भ्रमणका क्रममा विदेशमन्त्री वाङले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्नेछन् । यस्तै परराष्ट्रमन्त्री खड्कासँग दुई पक्षीय भेटवार्ताको मिति चैत १२ गतेका लागि तोकिएको मन्त्रालयद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै भ्रमणका क्रममा विदेशमन्त्री वाङ यी ले पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटवार्ता गर्ने तय भएको छ ।

यसैवीच संसदबाट व्याख्यात्मक टिप्पणी सहति एमसीसी सम्झौता पारित भएपछिको समय क्रममा चिनियाँ उच्च अधिकारीको तर्फबाट हुन लागेको आसन्न भ्रमणलाइ ने कुटनीतिक क्षेत्रमा मात्र भइ राजनीतिक रुपमा महत्वका साथ हेरिएको छ ।
त्यस्तै विदेशमन्त्री वाङ चैत १३ गते स्वदेश फर्किने कार्यक्रम  रहेको  मन्त्रालयले जनाएको छ।