बुधबार, बैशाख १९, २०८१

पीसीआर र एन्टिजेन गरेर ५८ जनामा कोभिड संक्रमण ,मृत्यु शून्य

काठमाडौं फागुन ३०,
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वितेको पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन गरेर ५८ जनामा कोभिड संक्रमण पुष्टि भएको जनाएको छ । मन्त्रालयका अनुसार ३ हजार ५३९ जनाको पीसीआर परीक्षण गर्दा ५० र १ हजार ८७९ जनाको एन्टिजेन परीक्षण गर्दा ८ जना गरि ५८ जनामा मा सङ्क्रमण पुष्टि भएको हो ।

त्यस्तै मन्त्रालयले यसवीचमा १४८ जना कोभिड संक्रमित सङ्क्रमणमुक्त भएको जानकारी दिनुको अलावा मृत्युदल शुन्य रहेको जनाएको छ।

यद्यपी मुलुकमा संक्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५० पुगेको छ। साथै नेपालमा हाल ४ हजार ८१९ जना सक्रिय सङ्क्रमित रहेको जानकारी समेत मन्त्रालयले दिएको छ।