बिहिबार, चैत्र १५, २०८०

प्रम देउवाको कटाक्ष: मोहि माग्ने अनि ढुङ्गो लुकाउने रावल चरित्र मुलुकको लागि घातक

काठमाडौं फागुन ३०,
प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार नुवाकोटको किस्पाङ गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै केपी ओली तत्काली प्रधानमन्त्री हुँदा संसदमा पेश भएको प्रस्ताव नै अहिले पारित भएको बताउँदै सत्तामा हुँदा अमेरिकी एमसीसी अघि बढाउने अनि अहिले पानी माथीको ओभोनो बन्दै विरोध गर्नुको अर्थ नरहेको बताउनुभएको छ ।

त्यस्तै सम्बोधनकै क्रममा प्रम देउवाले एमाले सांसद् भीम रावलको चरित्रप्रति तिव्र असन्तुष्टि पोख्दै सत्तामा हुँदा एमसीसी अघि बढाउनेहरुले अहिले विरोध गर्दै राष्ट्रियतको चर्चा गर्नु भनेको मोहि माग्ने अनि ढुङ्गो लुकाउने निती भएको  र यस्तो चरित्र मुलुकको लागि घातक भएको    बताउनुभयो ।

साथै उहाँले आफ्नो पार्टीका अध्यक्षले ओलीले संसदमा पेश गर्दै गर्दा एमसीसी खराब थियो भने त्यसबेला मन्त्रीबाट राजीनामा किन गरेको र रक्षामन्त्री भएर सरकारमा बस्दा एमसीसीबारे थाहा थियो कि थिएन रावलजी भन्दै पछिल्लो समय प्रस्ताव पास हुँदै गर्दा रावलको टाउको किन दुख्यो बुझ्न नसकिएको बताउनुभयो । साथै त्यसबेला किन बोल्नु भएन लाज छैन, दुई जिब्रे कुरा गर्ने उसबेला दिमाग खुस्क्या थ्यो कि क्या हो भन्दै रावलको चरित्रको आलोचना गर्नुभएको छ।