शुक्रबार, बैशाख २१, २०८१

पुननिर्माणको क्रममा सम्पदाको मौलिक स्वरुप महानगरको उच्च प्राथमिकता : प्रमुख शाक्य

काठमाडौं फागुन २७ ,
काठमाडौं महानगरको वडा नं. ५ कोटाटोलमा पुननिर्माण भएको लिच्छवीकालीन कोटा गुठी भवनको नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महानगरका प्रमुख विद्यासुन्दर शाक्यले संयुक्त रुपमा उद्घाटन गर्नुभएको छ । २ तले कोटा गुठी ४६ लाख रुपैयाँ लागतमा पुननिर्माण भएको हो

भवन उद्घाटन कार्यक्रममा नेता पोखरेलले, समुदायको अस्तित्व बचाउन संस्कृति बचाउन आवश्यक रहेको धारणा अभिव्यक्त गर्नुभएको उक्त कार्यक्रममा महानगरका प्रमुख विद्यासुन्दर शाक्यले, महानगरभित्रका पुननिर्माण गरिएका कुनै पनि सम्पदाको मौलिकता नबिगारिएको बताउदै सम्पदा पुननिर्माणको कामलाइ यो वा त्यो वहानामा रोक्न नहुने भन्दै महानगर भित्रको ‘सम्पदा पुननिर्माण देखि यहाँको संस्कृति र परम्परालाई बचाउन महानगर आफैँले लगानी गर्ने र गर्दै आएको बताउनुभयो ।

त्यस्तै वडा न ५कै अगुवाइमा हाँडीगाउँ द्य छेँभित्र रहेको मोक्ष गुठीको पुननिर्माण समेत अन्तिम चरणमा पुगेको सो वडाका वडाध्यक्ष रमेश डंगोलले जानकार िदिनुभयो ।